प्रभु बैंकको ५ लाख ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

17.8k Shares

काठमाडौ,  २९ असार । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ७९ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा १ लाख ६८ हजार ३९९ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आउँदाे आइतबाबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नु पर्नेछ । यस्तै, ४ लाख ११ हजार ४३९ कित्ता सेयरमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

 

सेयर खरिद गर्न इच्छुक जो कोहीले  शुक्रबारदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।  यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

सम्बन्धित समाचार