सुदूरपश्चिममा कांग्रेस र एमालेले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

17k Shares

कैलाली । नेपाली कांग्रेस र नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । दुवै पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भनेका हुन् ।

केन्द्रमा कांग्रेस र एमालेबीच सरकार गठनका लागि सहमति भएपछि एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारीको प्रदेश सरकार अल्पमतमा परेको छ । 

सोडारी एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

सम्बन्धित समाचार