पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

16.5k Shares

काठमाडौं । दोस्रो क्वार्टरफाइनलमा सन् २०१६ को विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार राति भल्क्सपार्क स्टाडियोनमा भएको खेलमा फ्रान्सले टाइब्रेकरमा ५–३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । 

पेनाल्टीमा फ्रान्सबाट प्रहारका लागि आएका पाँचजना खेलाडी नै गोल गर्न सफल बने । फ्रान्सका ओस्मान डेम्बेले, युसुफ फोफाना, जुलेस काउन्डे, ब्राड्ली बार्कोला र थियो हर्नान्डेजले गोल गरे ।

पोर्चुगलबाट प्रहारका लागि आएका चारमध्ये तीन खेलाडीमात्र गोल गर्न सफल बने । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नार्डो सिल्भा र नुनो मेन्डिसको प्रहारले जाली चुमे पनि जाओ फेलिक्स भने पेनाल्टीमा चुके । उनको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्सले टाइब्रेकरमा एक गोलको अग्रता बनाएको थियो । 

सम्बन्धित समाचार