नर्सरी व्यसायीसघद्वारा शहिदपार्कमा नर्सरी बाटिका उद्घाटन

13.5k Shares

काठमाडौँ । नर्सरी व्यसायीसघद्वारा शहिदपार्कमा नर्सरी बाटिका उद्घाटन नर्सरी व्यसायीसघद्वारा निर्मित गोकर्णेश्वर नगरपालिका ४ स्थित शहिदपार्क जगडोलमा नर्सरी बाटिका उद्घाटन भएको छ । बाटिकाको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले त्रिफला र हर्राबर्रोको बिरुवा रोपेर गर्नु भयो ।

उद्घाटन गर्दै मन्त्री शाहले स्वच्छ वातावरणको लागि बृक्षारोपण अभियान देशैभर संचालन गर्न आवश्य रहेको बताउनु भयो । मन्त्री शाहले नर्सरी ब्यवसायीसंघले बनाएको नर्सरी बाटीका वातावरण संरक्षणका लागि अत्यन्तै सर्हानीय कार्य रहेको बताउनु भयो । भर्खरै सरकारले सुन्तलालाई राष्टिय फल घोषणा गरेको बताउदै मन्त्री शाहले सुन्तलाको बजारीकरण गर्न लागिपरेको बताउनु भयो ।

नर्सरी व्यसायीसघका अध्यक्ष राम्जी तिमिल्सिनाले नर्सरी ब्यवसायको विकास र बिस्तार ,स्वच्छ वातावरण सहित आय र रोजागार भन्ने संघको नारानै रहेकाले स्वच्छ वतावरण संरष्क्षणका लागि यस्ता गतिबिधिहरु गरीरहने बताउनु भयो । गोकर्णेश्वर नगरपालिका ४ स्थित शहिदपार्क जगडोलमा झन्डै २ रोपनी जग्गामा बिभिन्न जडीबुटी , फल बिरुवा लगायत ३ सय बढी बिरुवाहरु रोपेको संघले जनाएको छ ।

सम्बन्धित समाचार