सप्तरीमा भारी वर्षा, दिउँसोसम्म उच्च सतर्क रहन आग्रह

16k Shares

काठमाडौं । सप्तरीमा भारी वर्षा भएको छ । जिल्लाको खाडो नदी, पूर्व पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा रहनेहरूले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ । 

दुधौरा, पसाह, लालबकैयालगायत उक्त क्षेत्र भएर बग्ने अन्य खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन विभागले सचेत गराएको छ । 

सम्बन्धित समाचार