काठमाडौं, १५ असार । युरो कप फुटबलको गएरातिको दुवै खेल रोचक भए । दुवै खेल अतिरिक्त समयमा पुग्यो ।
पहिलो खेलमा स्पेनले क्रोएशियामाथि कठिन जीत हासिल गर्यो । स्पेनका गोलरक्षक सिमोनको गम्भीर गल्तीले क्रोएशियाले अग्रता लिएपनि खेल रोचक बन्यो ।
स्पेनले बराबरी गोलपछि थप दुई गोल गरी अग्रता लियो । तर, क्रोएशियाले दुई गोल थपेर खेल बराबरीमा गयो । अतिरिक्त समयमा स्पेनले फेरि २ गोल थपेर ५-३ को जित पक्का गर्यो ।
जारी विश्वकपमा एकै खेलमा पहिलोपटक ८ गोल भएको छ । खेलमा दुवै टोली आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
दोस्रो खेल पनि रोचक बन्यो । विश्व विजेता फ्रान्स स्वीटजरल्यान्डसँग पराजित भयो । खेलमा शुरुवाती अग्रता स्वीटजरल्यान्डले लियो । उसले प्राप्त पेनाल्टी गोलमा परिणत गर्न नसक्दा लगातार तीन गोल खायो । फ्रान्स जीतको नजिक पुगिसकेकोमा स्वीटजरल्यान्डले अन्तिम समयमा लगातार दुई गोल गरेपछि खेल ३-३ को बराबरीमा गयो ।