19.7k
Shares
काठमाडौँ- आयोजक जर्मनी समूह ‘ए’ को विजेता बन्दै यूरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा जर्मनी स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलमा सुरुवाती अग्रता भने स्विट्जरल्यान्डले लिएको थियो। खेलको २८औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अग्रता दिलाएका थिए।
जितसँगै समूहको विजेता बन्ने सपना बोकेको स्विट्जरल्यान्डलाई ९२औँ मिनेटमा फुलक्रुगले गोल गर्दै खेल बराबरीमा पुर्याए।