काठमाडौं । बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको गैरजिम्मेवारीपनाका कारण सत्तापक्षका संसदहरुले नै चर्को आलोचना गर्न थालेका छन् ।
राजनीतिमा खासै जानकार र ज्ञान नभएका हाम्रो नेपाली पार्टीबाट निर्वाचित भएका मन्त्री बज्राचार्य बागमती प्रदेशको बजेट अधिवेशन चलिरहेको अवस्थामा पनि उपस्थित नभएकै कारण सत्ता पक्षका सांसदहरु रुष्ट बन्दै व्यापक आलोचना गर्न थालेका छन् ।
मन्त्री बज्राचार्यको गैरजिम्मेवारीपना र मन्त्री पद के हो भन्नेसम्म पनि ज्ञान नभएका मन्त्री बज्राचार्यलाई सत्ता पक्षले घर्ने तयारी गरेको सुइँको पाएपछि उनी संसदमा अनुपस्थित हुँदै आएको सत्ता पक्षका सांसदहरुले बताउने गरेका छन् ।
बागमती प्रदेशले बजेट बिनियोजित गर्ने क्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयमा ३ अर्ब ६४ करोड बजेट बिनियोजन गरेको छ । तर मन्त्री बज्राचार्यले आर्थिक मामिला मन्त्री जगनाथ थपलियालाई आफ्नो निर्बाचन क्षेत्रमा ३५ करोड चाहिने बाँकी तपाईहरू जे सुकै गर्नु भनेर आफ्नो बजेट जति कम्प्युटरमा इन्ट्री गरेर आफुले समालिरहेको मन्त्रालय आर्थिक मामिला मन्त्रीलाई सुम्पेर काठमाडांै आएका मन्त्री बज्राचार्य हालसम्म मन्त्रालय नआएको मन्त्रालयका कर्मचारीले बताए ।
मन्त्री बज्राचार्यले आफ्नो पिए राजिव महर्जनलाई प्रयोग गरी विभिन्न ठाउँमा योजना पार्नको लागि पहिले नै बिनियोजन हुने बजेटबाट २० प्रतिशत माग्ने गरेको मन्त्रालयमा धेरै नै चर्चा चल्ने गरेको छ ।
यिनै बज्राचार्य नै हुन् पार्टीले कम्युनिष्ट सरकारलाई समर्थन नगर्ने निर्णय गर्दा पनि पार्टीको निर्णयलाई लत्याएर मन्त्री पदका लागि बज्राचार्यले ठुलै रकम कुम्ल्याएर कम्युनिष्ट सरकारलाई समर्थन गरेर थिए ।
बागमति प्रदेशमा सांसदको संख्या ११० छ । जसमा एमाले, माओबादी र समाजबादी समेत गरेर जम्मा ५६ मात्र हुन्छ । निर्णायक मत बज्राचार्य हुने भएपछि बज्राचार्यमा मन्त्री हुने हुट्हुटी जाग्यो । पार्टीको निर्णय विरुद्ध उनले समर्थन जनाएपछि बज्राचार्यलाई पार्टीले कारबाही समेत ग¥यो । बज्राचार्यको पार्टी भने राष्ट्रिय पार्टी होइन । उनको पार्टीमा बाँगÞमती प्रदेशमा जम्मा २ सिट मात्र छ । मन्त्री बज्राचार्यमा राजनिति परिपक्वता भने पटकै छैन । लौरो चिन्हबाट चुनाब लडेका बज्राचार्य संसदमा बोल्ने क्रममा चुनाब जितेपछि आफु ३ दिन बेहोस् भएको भनेर संसदमै बोलेका थिए । उनी केवल राजनिति अनुभवको लागि मात्र चुनाब लडेका थिए । तर काठमाडांै मेयर बालेन शाहको लौरो चिन्हको फाईदा लिँदै बज्राचार्यले लौरो चिन्ह लिएर चुनाव जिते । बज्राचार्यले सपनामा पनि नदेखेको मन्त्री समेत भए । कहिले काही घैटोमा पनि घाम लाग्छ भन्ने उखान मन्त्री बज्राचार्य जीवनमा मेल खाएको छ ।