जगतलालको कविता संग्रह ‘सृष्टि र दृष्टि’को बिमोचन हुँदै

32.7k Shares

ललितपुर । बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनद्वारा रचित कविता संग्रह ‘सृृष्टि र दृष्टि’को बिमाचन हुने भएको छ ।
भोलि असार १० गते सोमबार जगतलाल महर्जनद्वारा रचित कविता संग्रह ‘सृष्टि र दृष्टि’ ललितपुरको डिलाइट पार्टी प्यालेसमा हुने भएको हो । पूर्व अर्थमन्त्री तथा माननीय डा. प्रकाशशरण महतद्वारा कविता संग्रह ‘सृष्टि र दृष्टि’को विमोचन हुने भएको रचनाकार जगतलाल महर्जनले जानकारी गराएका छन् ।
असार १० गते बिहान ८ बजे महालक्ष्मीस्थानको डिलाइट पार्टी प्यालेसमा विमोचन कार्यक्रम रहेको छ । सुवर्णपुर साहित्य जागरण समाजद्वारा प्रकाशित सो कविता संग्रहको विमाचन कार्यक्रममा सहकारीकर्मी, राजनीतिकर्मीलगायत सम्पूर्ण साहित्वप्रेमीहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोधसहित निमन्त्रणा गरिसकेको रचनाकार महर्जनले जानकारी गराएका छन् ।

jagat 1.jpg

सम्बन्धित समाचार