19.5k
Shares
काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञामा विवाह तथा ब्रतवन्ध गर्दा १५ जना भेला हुन पाइने भएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले विवाह ब्रतबन्ध गर्दा १५ जनासम्म भेला हुन पाइने निर्णय भएको जानकारी दिए । उनले भने, ‘‘आफ्नो घरमा विवाह ब्रतबन्ध गर्दा १५ जना भेला हुन दिइनेछ ।”