पेरिस । फ्रान्समा, यहूदीहरूप्रति घृणा अहिले अपराधको कारण बन्दै गएको छ । प्राप्त समाचार अनुसार फ्रान्सकाे कौरबेवॉये शहरमा एक निर्दोष १३ वर्षीया बालिकाको बलात्कार घटनाले अहिले सबै स्तब्ध भएका छन् । बलात्कारीहरुको उमेर १२ देखि १३ वर्षको बीचमा रहेको बुझिएको छ । यती सानै उमेरमा उनीहरुको मनमा कुनै धर्मप्रति यति धेरै घृणा कसरी भरियो ? कसरी उनीहरु जंगली जनावर बने ? यो प्रश्नहरु अहिले पुरै फ्रान्समा उब्जिएको छ । प्रहरीले यसलाई ‘घृणा अपराध’ मानेको छ ।
निर्दोष केटीको एउटै गल्ती थियो कि उनी 'यहूदी' परिवारमा जन्मिएकी थिइन् । पीडित युवती पार्कमा बसिरहेकी थिइन्, तीनजना केटा उनको नजिक आए । तीमध्ये दुईजना १३ वर्षका र एकजना १२ वर्षका थिए । पीडितले ती मध्ये एक जनालाई पहिलेनै चिनेकी थिइन् । एक्कासी केटाहरूले उनलाई घिसार्दै सुनसान ठाउँमा लगेकोे प्रहरीले अनुसन्धानमा खुलाएको छ । उनीहरुले त्यस यहूदी बच्चीलाई धेरै गाली गर्न थाले र दुर्व्यवहार गर्दै अन्तिममा बालिकालाई बलात्कार गरेको प्रहरीले बयानमा बताएका छन् ।
प्रहरीले तीनै बालकलाई पक्राउ गरेको छ । उनीहरुमध्ये दुई जनाविरुद्ध सामूहिक बलात्कार, यहूदी विरोधी आपत्तिजनक टिप्पणी, हिंसा र ज्यान मार्ने धम्की दिएको आरोपमा मुद्दा दर्ता गरिएकाे छ । रिपोर्टका अनुसार केटाले केटीलाई पुलिसमा गएमा मार्ने धम्की समेत दिएको बयानमा उल्लेख छ ।
यस्तैमा उक्त घटनाको विरोधमा सयौं मानिस सडकमा उत्रिएका छन् । भीडमा धेरैले पम्प्लेट बोकेका थिए, जसमध्ये केहीले नारा लेखेका थिए, ’उनी यहूदी थिइन् किनभने उनी बलात्कृत भए’ एउटा ब्यानरमा लेखिएको थियो, ’उनी तपाईहरुको बहिनी पनि हुन सक्थ्यो’ । एजेन्सी
