रुसी राष्ट्रपति पुटिन उत्तर कोरिया जाँदै

14.5k Shares

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा आज मंगलबार उत्तर कोरिया जाने भएका छन् । युक्रेनविरुद्धको युद्धमा सैन्य सामग्री जुटाउनका लागि पुटिनले उत्तर कोरिया भ्रमणमा जान लागेको बताइएको छ । 

रुसले उत्तर कोरियाका नेता किम जोङ उनलाई आतिथ्यता गरेको नौ महिनापछि पुटिनको यो भ्रमण हुन लागेको हो । 'राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १८ देखि १९ सम्म उत्तर कोरियाको मैत्रीपूर्ण राजकीय भ्रमण गर्नुहुनेछ', क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । त्यसपछि उनी भियतनाम जानेछन्। 

पश्चिमा मुलुकहरू, दक्षिण कोरिया र किएभले उत्तर कोरियामाथि राष्ट्रसङ्घीय प्रतिबन्धको उल्लङ्घन गर्दै युक्रेनमा प्रयोगका लागि मस्कोमा हतियार पठाएको आरोप लगाएका छन् । 

 बदलामा रुसले प्योङयाङलाई उसको उपग्रह कार्यक्रमका लागि प्राविधिक सहायता प्रदान गरेको र खाद्यान्नको सङ्कटग्रस्त मुलुकलाई सहायता पठाएको वासिङ्टन र सोलले बताएका छन् । 

सम्बन्धित समाचार