रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु

14.8k Shares

काठमाडौँ- रतुवा खोलाले जिप बगाउँदा इलामको चुलाचुली गाउँपालिका- ५ मा २ जनाको मृत्यु भएको छ। 

इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो। जिपमा सवारमध्ये २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिपमा कति जना सवार भन्नेबारे यकिन नभएको र एक जना बच्चा तथा एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार