काठमाडौं । एनएफडीसी राष्ट्रिय पुरस्कारका नाममा हुँदै आएको अवार्ड कार्यक्रम यस वर्ष गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कारको रूपमा सम्पन्न भएको छ।
शनिबार राजधानीको लाजिम्पाटस्थित दूषित प्रिसेन्समा सम्पन्न अवार्ड समारोहमा ख्यातिप्राप्त अभिनेता, निर्माता, निर्देशक, लेखक तथा गीतकार नीर शाहलाई ५१ हजार रुपियाँसहित ख्यातिप्राप्त फिल्म व्यवसायी तथा राजनीतिज्ञ उद्धव पौडेलको नाममा स्थापित उद्धव दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ।
गोपीकृष्ण मुभिज्को आयोजनामा सम्पन्न समारोहमा अवार्डको नाम फिल्म क्षेत्रका विभिन्न विधामा ख्यातिप्राप्त कलाकार, पत्रकार, निर्माता, निर्देशक र प्राविधिकको नाममा नामांकरण गरिएको थियो ।
समारोहमा नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसनस्का संस्थापक स्व. पुष्करलाल श्रेष्ठको नाममा स्थापित पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार नगद २१ हजार श्याम स्मृतलाई प्रदान गरियो। त्यसैगरी, मह जुरी पुरस्कार द रेड सुटकेस र कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र अवार्ड वर्ष २०८० मा सर्वाधिक व्यापार गर्न सफल फिल्म जारीलाई प्रदान गरिएको छ।