मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन

15.8k Shares

मनाङ-मनाङ घुम्न गएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।  

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । सँगै रहेका अन्य तीन जनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ । 

प्रजिअ लामिछानेले ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको बताए । 

सम्बन्धित समाचार