बोत्स्वानामा भेटियो पृथ्वीमै तेस्रो ठूलो आकारको बहुमूल्य धातु हीरा

15.8k Shares

काठमाडौं । पृथ्वीकै तेस्रो ठूलो आकारको बहुमूल्य धातु हीरा भेटिएको छ । रोयटर्सका अनुसार ७३ मिलिमिटर लम्बाइ, ५२ एमएम चौडाइ र २७ एमएम पातलो आकारको हीरा बोत्स्वानामा बुधबार भेटिएको हो ।

१०९८ क्यारेटको उक्त हीरा पृथ्वीमा भेटिएकोमध्ये तेस्रो सबैभन्दा ठूलो रहेको समेत जनाइएको छ ।

भेटिएको उक्त हीरा बोत्स्वानाको डायमन्ड कम्पनी देब्स्वानाका कार्यकारी अध्यक्ष मोकवे्टसी मासीलाई बुझाइएको छ । हीरा उत्खननको ५० वर्षको इतिहासमा यति ठूलो भेटिएको मासीले जनाएका छन् ।

सम्बन्धित समाचार