चिकित्सकमाथि आक्रमण गर्ने तीन जना धरौटीमा रिहा

18k Shares

रुपन्देही । गत जेठ १३ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहेका तीन जनालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ ।

बाँके जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्ने आदेश दिएपछि उनीहरु आइतबार नै छुटेका हुन् । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही २५/२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

अस्पतालका डाक्टर/नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई कारबाही गर्न चौतर्फि दबाब परेको थियो ।

सम्बन्धित समाचार