चीन–नेपाल सीमा क्षेत्रमा नदी थुनियो, नदीमा बाढी आउनसक्ने

17.9k Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । शुक्रबार राति एक सूचना जारी गरेर दोलखा जिल्ला प्रशासनले नेपाल चीन सीमा क्षेत्रमा पर्ने टिङ्ग्री कोन्टीको रोङ्छिया सहर र त्यसको आसपासमा भारी वर्षासँगै पहिरो गएपछि नदीको थुनिएकाले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको बहाव बढेर आउनसक्ने जनाएको छ ।

सूचनामार्फत नेपाल–चीन सीमा नजिकका वस्तीसहित नदीको तटीय क्षेत्रमा जोखिम सृजना भएकाले सर्तक र सजक रहन भनिएको छ ।

सम्बन्धित समाचार