प्रिमियर लिगको उपाधि लगातार चौथो पटक म्यानचेष्टर सिटीको पोल्टामा

16.5k Shares

काठमाडौं- प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितेको छ। म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर कपको उपाधि जितेको हो।

आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटीले उपाधि रक्षा गरेको हो। सिटीलाई च्याम्पियन बनाउन फिल फोडेनले दुई तथा रोड्रीले एक गोल गरे।

अन्तिम दिनसम्म सिटी र आर्सनल लिगको उपाधि होडमा थिए। उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो। यस्तै आर्सनलको हकमा भने उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो।

तर, अन्तिम दिन सिटी र आर्सनल दुवै विजयी भए। उपाधि सिटीको पक्षमा गयो। सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो। एभरटन विरुद्ध २-१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो।

सम्बन्धित समाचार