काठमाडौं । हामी धराने, काठमाडौंद्वारा आयोजित “धराने वनभोज तथा नव वर्ष शुभकामना आदान—प्रदान कार्यक्रम २०८१“ शनिबार च्वङ्गा गणेश थान परिसर, सल्लाघारी भक्तपुरमा २७९ जना धरानेहरुको उपस्थितिमा सभ्य र भव्य रुपमा सम्पन्न भयो । बिहानै नौ बजेदेखि रक्तदान कार्यक्रम गरि शुरु गरिएको उक्त कार्यक्रम ५ः३० बजेसम्म रमाइलो नाजगान गर्दै सम्पन्न भएको थियो । ४२ जना धराने रक्तदाताहरुले रक्तदान गर्नु भएको थियोे । यसै बीच पूर्वेली धराने लाखे समुहले लाखे नाच प्रस्तुत गर्दा सबै धरानेहरुले धरानमै भएको अनुभूति गरे भने चन्द्र श्रेष्ठको फेस पेन्टिङ र स्पोट फेस स्केचिङ कार्यक्रममा धेरै धरानेहरुले अनुहारमा धरान झल्काउने पेन्टिङरु गरेर वनभोजको माहौलमा रौनकता थपेको थियो । ठिक दिउँसो १ः०० बजे संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरिएको थियो । जसमा प्रमुख अतिथि हुनुहुन्थ्यो प्रतिनिधि सभाका सदस्य माननीय अशोककुमार राई । त्यसैगरी, अतिथिहरुमा न्याय परिषद सदस्य रामकुमार श्रेष्ठ, खाद्य गुणस्तर नियन्त्रणका पूर्व महानिर्देशक जीवन प्रभा लामाज्यू, पूर्व सचिव तथा धरान सरोकार समाजका अध्यक्ष चन्द्र घिमिरे, वरिष्ठ गायिका मथुरा श्रेष्ठ, कन्सल्टेन्ट युरोलोजिष्ट डा. पुकार मास्के, पत्रकार तथा मकाउकालागि पर्यटन प्रवर्तक आनन्द श्रेष्ठ र सेवा निवृत्त शिक्षिका ललिता श्रेष्ठ ।
सो कार्यक्रममा आफ्नो जीवनको आधाभन्दा बढि समय शिक्षण पेशामा खर्चिनु भएकी ८४ वर्षिया शिक्षिका ललिता श्रेष्ठलाई प्रमुख अतिथिद्वारा दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो भने अतिथि गण लगायत कार्यक्रम सफल बनाउन प्रायोजन तथा स्वयंसेवक गर्नुहुने महानुभावहरुलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो । औपचारिक कार्यक्रमपछि सबैको लोकप्रिय खेल हाउजी पनि खेलाइएको थियो । मनोरञ्जन नाचगान पश्चात् खानपिन गरी कार्यक्रमको समापन गरिएको थियोे ।
हुन त नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम वैशाखको पहिलो हप्ता भित्र गरिसक्नु पर्ने हो भनि धेरै साथीहरूले भनिरहँदा पनि हाम्रो आफ्नै केही आन्तरिक समस्याहरुले गर्दा वैशाखको अन्तिम शनिवार गर्दापनि यतिको सद्भाव र माया पाइयो कि यसलाई शव्दमा बयान गर्न सकिदैन । यो कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने हरेक सहयोगी हातहरुलाई तथा सहभागी हुनुहुने सबै धराने साथीहरुलाई मुरी मुरी धन्यवाद । यसरी नै आगामी दिनहरुमा पनि संस्थाका लागि आवश्यक साथ र सहयोगको अपेक्षा गरेका छौं ।
कार्यक्रमको माध्यमबाट हामी धरानेहरुका लागि एउटा ठुलो उपलब्धि हासिल भएको जानकारी गराउन चाहान्छौं र त्यो हो हामी लायन्स क्लव अफ काठमाडौ ब्लड सर्कलसंँग जोडिन पुग्यौं जसले गर्दा हामी कसैलाई पनि कुनै पनि समय रगतको आवश्यकता प¥यो भने आत्तिनु पर्दैन । हामी तुरुन्तै त्यो अभावलाई पूरा गर्न सक्ने भएका छौं र नेपाल भित्रमात्र नभई यो सेवा संसारको कुनै पनि देशमा रहनु हुने कुनै पनि नेपालीका लागि गर्न सक्ने हामी धरानेद्वारा आयोजित सो बनभोज कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले जानकारी गराएका थिए ।