कोलकाता । आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउविरुद्धको खेलपछि घर फर्किरहेको कोलकाता नाइट राइडर्सको टोली सवार विमान भारी वर्षाका कारण सोमबार साँझ विमानस्थलमा अवतरण हुन सकेन ।
कोलकाताको मिडिया टोलीले दिएको जानकारी अनुसार खेलाडीहरू सहितको टोली सोमबार स्थानीय समयअनुसार साँझ ५ बजेर ४५ मिनेट जाँदा लखनउबाट उडेर कोलकातामा ७ बजेर २५ मिनेट जाँदा अवतरण हुने तालिका रहेको थियो । साँझ ८ बजेर ४६ मिनेटमा दिइएको अपडेटमा खराब मौसमका कारण विमान गुवाहाटीमा डाइभर्ट गरिएको जानकारी दिइयो । त्यसपछि मंगलबार बिहान १ः४५ बजे विमान गुवाहाटीबाट राति ११ बजे कोलकाता आउनुपर्ने विमान पुनः डाइभर्ट गरिएर वरानसीमा ल्यान्ड गरिएको बताइएको थियो ।
बिहान ३ बजे खेलाडीहरू वरानसीको होटलमा बसेको र मंगलबार अपराह्न कोलकाता आउने बताइयो । भर्खरै टोली वरानसीबाट कोलाकाताका लागि उडेको जानकारी दिइएको छ ।