18.7k
Shares
काठमाडौं । काठमाडौं उपत्यकाको वायु अझै ‘अस्वस्थकर’ छ । गएको चैतयता यहाँको वायु प्रदूषणको तह उच्च छ ।
वातावरण विभागको सूचकांकमा आइतबार बिहान ११ बजे शंखपार्क क्षेत्रको एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० १८७ मापन गरिएको छ । काठमाडौंपछि पोखरामा वायु प्रदूषण उच्च देखिएको छ । कास्कीको पोखरामा सो समयमा एक्यूआई १७५ रहेको विभागको रेकर्ड छ ।
विभागका अनुसार, काठमाडौंमा शनिबार २४ घण्टाको औसत एक्यूआई १८६ थियो । सोही अवधिमा पोखराको एक्यूआई १७४ थियो ।
चितवनको भरतपुरमा भने प्रदूषण केही घटेको सूचकांकले देखाउँछ । केही दिनअघिसम्म भरतपुर उच्च प्रदूषित देखिएको थियो । भरतपुरमा शनिबार २४ घण्टाको एक्यूआई १८४ थियो । आइतबार बिहान ११ बजे त्यो १३९ मा झरेको छ ।