काठमाडौं । नेपाल संगीत उद्योग संघको आयोजनामा राजधानीमा तेस्रो संस्करणको ‘अमिन राष्ट्रिय म्यूजिक अवार्ड २०८१’ सम्पन्न भएको छ । मन्त्री परिषदका पुर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा गायक, संगीतकार तथा शब्दरचनाकार राजेश 'एकल' सर्वोत्कृष्ट शब्द रचना–आधुनिक गीतबाट सम्मानित हुनुभएको छ ।
'हाँस्नुपर्छ जिन्दगी'मा बोलको गीतमार्फत एकलले उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।
लामो समयदेखि गायन, संगीत र शब्दरचनामा आफ्नो प्रतिभा प्रस्फुटन गर्दै असंख्य गीतहरूमा आफ्नै गायन र शब्दरचनाद्धारा सबैको मन लोभ्याउन सफल व्यक्तित्वमध्ये एक हुन् राजेश ‘एकल’ । वहाँले शब्दरचनासंगै थुप्रै गीतहरुमा आफ्नो सुमधुर आवाज पनि दिईसक्नु भएको छ l एकलकाे थुप्रै शब्दहरूमा नेपालका चर्चित हस्ती शर्मिला बर्देवा, आनन्द कार्की, रामकृष्ण ढकाल, विश्व नेपाली, एन्जेला श्रेष्ठ, बबिता मानन्धर, सुरेश मानन्धर, सुरेनमान शाक्य, मिलन नेवार लगायत अरु थुप्रै गायक गायिकाहरूले स्वर दिइसक्नुभएको छ ।






