साकेला नाच्दै किराँतीहरूले टुँडिखेलमा

20.7k Shares

काठमाडौँ । साकेला नाच्दै किराँतीहरूले टुँडिखेलमा उँधौली मनाएका छन् । विभिन्न समूहमा भेला भएर किराँतीहरूले उँधौली नाचेका हुन् । बाली भित्राइसके पछि नयाँ अन्न प्रयोग गर्नु पूर्व प्रकृतिलाई धन्यवाद दिँदै साकेला नाच्ने गरिन्छ । परम्परागत पोसाकमा सजिएर गोलो घेरा बनाएर किराँतीहरू ढोल बजाएर साकेला नाच्ने गरिन्छ । नाच्नेहरूको पङ्क्ति भित्र एक नायक तथा नायिका हुन्छन् जसले सेतो फेटा बाँधेको हुन्छ । 

वरिपरि घुमिघुमी नाचिने यो साकेला नाचमा आआफ्नो जातीय भेष भूषाका हातमा झुम्के रुमाल फूलपाती लिएर नाचिन्छ । बाजाको तालसँगै खुट्टा र हातको चाल मिलाएर गीत गाउँदै साकेला नाच्ने गरिन्छ ।

सम्बन्धित समाचार