16.6k
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन् ।
बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा समस्या समाधान गर्नुपर्ने भन्दै जहाँसुकै जाऊ, खाए खाऊ र मरे मर भन्ने गर्न नहुने बताए । उनले गरिब र सुकुम्वासी देख्नै नहुने कुनैपनि सरकारले गर्न नहुने बताए ।
‘मैले परारको साल पनि भनेको थिएँ, सुकुम्वासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर’, ओलीले प्रश्न गर्दै भने, ‘सुकुम्वासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ’
केही समयअघि काठमाडौँका सुकुम्वासी बस्तीमा मेयर बाले शाहले डोजर चलाएका थिए ।