भावी अमेरिकी राष्ट्रपति को बन्ला ?

19.8k Shares

वासिंटन । विश्वको महाशक्ति राष्ट्र अमेरिकाको भावी राष्ट्रपति को होला भन्ने विषयमा सीएनएनले गराएको एक सर्वेक्षणमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अहिलेका राष्ट्रपति जो वाइडेनपछि परेको पाइएको छ ।

सर्वेक्षणमा सहभागीले ट्रम्पको कार्यकाललाई सफल र वाइडेनको कार्यकाललाई असफल भन्नेहरूको बहुमत रहेको देखाइएको छ । सीएनएनका लागि एसआरएसएसले गरेको भनिएको सो सर्वेक्षणमा ५५ प्रतिशत अमेरिकीले ट्रम्पको कार्यकाललाई सफल भनेका छन् । ४४ प्रतिशतले भने असफल भएको जनाएका छन् । यद्यपि, उनकै बारेमा सन् २०२१ मा भएको सर्वेक्षणका क्रममा भने ५५ प्रतिशत अमेरिकीले नै उनलाई पनि असफल भनेका थिए ।

अहिलेका राष्ट्रपति वाइडेनको सन्दर्भमा भने ६१ प्रतिशतले असफल भएको भनेका छन् भने ३९ प्रतिशतले सफल भएको भनेका छन् । जनवरी २०२२ मा ५७ प्रतिशतले असफल भनेकोमा अहिले त्यो संख्या अझै बढेको छ । त्यतिबेला ४१ प्रतिशतले सफल भनेकोमा त्यो प्रतिशत अहिले झन् घटेको छ ।

सम्बन्धित समाचार