काठमाडौं । आफूमा इच्छा, जोश, जाँगर, मेहनत र सोही अनुसार परिवारबाट पनि सहयोग मिल्यो भने त्यस्तो व्यक्तिले सहजै सफलता हात पार्न कुनै गाह्रो नहुने उदाहरण बनेकी छिन् रामेछापकी क्योकोसिन खेलाडी करिष्मा कार्की ।
मार्सलआर्टको जोखिमयुक्त खेलको रुपमा रहेको क्योकोसिन कराते ११ वर्षको उमेरदेखि खेल्न सुृरु गरेकी कार्कीले १६ वर्षको उमेरसम्म आउँदा थुप्रै प्रतियोगिताहरुमा विजय हात पारिसकेकी छिन् । सानै उमेरदेखि आफू अब्बल खेलाडीको रुपमा स्थापित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो देशको नाम राख्ने अभियानका साथ अगाडि बढेको बताउँछिन् कार्की । कार्कीको सानै उमेरदेखि नेपाली सेना बन्ने उद्देश्य रहेको र आफू नेपाली सेनाको क्लवबाट खेल्ने इच्छा रहेको बताउँछिन् ।
खेलसँगै आफ्नो पढाईलाई पनि निरन्तरता दिइरहेकी कार्कीले ब्ल्याकबेल्ट पहिलो डान भइसकेकी छिन् । कार्कीले आईएफकेके अन्तर्राष्ट्रिय स्कुल इम्पेरोर्ली पुरुष र महिला वेट फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप २०७६ मा पहिलो स्थान हात पार्न सफल बनिसकेकी छिन् । त्यस्तै, कार्कीले पहिलो र दोस्रो डोजो च्याम्पियनसिप २०७६ र २०७७ मा पनि पहिलो स्थान हात पारेकी छिन् ।
राष्ट्रिय क्योकोसिन कराते प्रतियोगितामा २०१७ मा तेस्रो उपाधि हात पारिसकेकी कार्कीले राष्ट्रिय वाइड च्याम्पियनसिप २०७६ मा तेस्रो स्थान हात पार्न सफल भएकी छिन् ।
त्यस्तै २०१९ मा पोखरामा आयोजित अलनेपाल ओपन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पनि उत्कृष्ट खेल प्रस्तुत गरी दोस्रो स्थान कार्कीले हात पार्न सफल बन्नुका साथै पहिलो नाला आईकेकेएफ अल नेपाल फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप २०१८ मा पनि पहिलो स्थान हात पारेकी थिइन् । १६ औं नेश्नल क्योकोसिन कराते र दोस्रो एफकेके क्योकोसिन कराते च्याम्पियनसिप २०७७ मा पनि कार्कीले पहिलो स्थान हात पारेकी थिइन् । यसैगरी पहिलो अल नेपाल क्योकोसिन बुदो कराते कम्युनिटी टुर्नामेन्ट २०१८ मा सहभागिता जनाउनुका साथै पहिलो हल नेपाल फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप इल एयरपोर्ट २०२१ मा पहिलो स्थान, बिर गणेशमान सिंह तेस्रो किक बक्सिङ च्याम्पियनसिपमा दोस्रो, बीर गणेशमान सिंह चौथो ओपन किक बक्सिङ च्याम्पियनसिपमा सहतागिता जनाउनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुका पनि करिष्माले अनुभव बटुलिसकेकी छिन् । अन्तर्रांष्ट्रिय प्रतियोगिताहरुमा भारतमा भएको केडब्लुएफ ओपन फुल कन्ट्याक्ट कराटे च्याम्पियनसिप २०१९ मा दोस्रो स्थान र अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप २०२० मा सहतागिता जनाइसकेकी छिन् करिष्मा कार्कीले ।
कार्की रामेछापमा जन्मिए पनि भक्तपुरमा बसोबास गर्दै आइरहेकी छिन् । कार्की काठमाडौंको रानीपोखरी सेन्टर डोजोमा गुरु गणेश चौधरीबाट नियमित प्रशिक्षण लिइरहेको बताउँछिन् ।