अमेरिकी संसदबाट वैदेशिक सहायतासम्बन्धी प्याकेज पारित, युक्रेनले ६१ अर्ब पाउने

16.2k Shares

वाशिङटन–अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बहुप्रतिक्षित वैदेशिक सहायतासम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। 

यसअन्तर्गत रुससँग युद्ध लडिरहेको युक्रेनलाई ६१ अर्ब डलर सहायता उपलब्ध गराइनेछ । केही समयदेखि अमेरिकी सहयोग रोकिँदा युक्रेन समस्यामा पर्दै आएको थियो । 

यसैगरी यो प्याकेजअन्तर्गत इजरायललाई २६ अर्ब र गाजामा मानवीय सहायताका लागि ९ अर्ब डलर उपलब्ध गराइनेछ भने एशिया प्रशान्त क्षेत्रमा ८ अर्ब डलर दिइनेछ । एशिया प्रशान्त क्षेत्रमा दिइने सहायता चीनसँग टक्कर लिइरहेको ताइवानमा केन्द्रित रहनेछ । 

सहायता प्योकज पारित भएपछि प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले प्याकेजले अमेरिकालाई अझै धनी बनाउने र युक्रेनमा थप मानिस मारिने बताएका छन् । 

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने अमेरिकालाई धन्यवाद दिँदै लोकतन्त्र र स्वतन्त्रताको सदा वैश्विक महत्व रहने र अमेरिकाले सधैं यसको रक्षा गर्ने बताएका छन् । यो सहायताले युद्ध फैलनबाट रोक्ने र हजारौं मानिसको ज्यान जोगाउने उनको भनाइ छ। 

सम्बन्धित समाचार