तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल

14.9k Shares

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल पाँच बलमा तीन रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर बसिल हमिदले बोल्ड गरेका हुन् । ९.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ५० रन बनाएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

सम्बन्धित समाचार