प्रदेश मन्त्रालयका मन्त्रिहरु भेटेर सोताङ गाउँपालिकाको स्तर उन्नतीको लागि अध्यक्ष खिलराज बस्नेतले गरे पहल

21.2k Shares

सोलुखुम्बु । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले केन्द्रीय  मन्त्रालय पश्चात प्रदेश मन्त्रालयका मन्त्रिहरु सँग भेटघाट गरेका छन। उनले कोशी प्रदेशका मुख्य मन्त्रि केदार कार्की लगायत भिभिन्न मन्त्रि तथा सचिवहरुसँग भेटघाट गरेका हुन ।

उनले  भेटघाटको क्रममा सोताङ गाउँपालिकाको वडा नं ३ मा खेल मैदान निर्माण गर्नको लागि डिपिआर तयार भैसकेकोले सो डिपिआरसहित सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश समक्ष बजेट व्यवस्थापनको लागि  निवेदन पेश गरेका छन  ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय सँग सोलुखलुम्बु जिल्लाको सदरमुकाम देखि भोजपुर  जिल्ला हुदै उदयपुर सुनसुसरी बिराटनगर जोड्ने सडक खण्ड अन्तरगत सोलुखुम्खुबु जिल्लाको नेले देखि महाकुलुङ गा.पा को सिमाना सम्म सडक स्थर उन्नति र कालो पत्रे गर्नको लागि  निवेदन पेश गरेका छन  । सोताङ गाउँपालिकाको वडा नं १ र ३ मा अवस्त पन्चकन्या देबिस्थान धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्न को लागि डिपिआर तयार भैसकेको ले सो डिपिआर सहित पर्यटन , वन तथा वातावरण मन्त्रालय, कोशी समक्ष बजेट व्यवस्थापनको लागि उनले  निवेदन पेश गरेका छन  ।

सोताङ गाउँपालिकाको वडा नं ५  मा अवस्थित टसीटकार गुम्बालाई  पर्यटकीय स्थल को रुपमा बिकास गर्नको  लागि सोताङ  गाउ कार्यपालिकाको मितिः२०८०–१२–१० गतेको बैठकको निर्णय अनुसार बजेट माग गरिएकोले त्यहाँ कार्यालयबाट बजेट व्यवस्थापनको लागि स्थानीय पूर्वाधार बिकास आयोजना कार्यालय,इटहरी कोशी प्रदेश,नेपालसँग उनीद्वारा निवेदन पेश गरिएको छ  ।

सोताङ गाउँपालिकाको बृहत खानेपानी आयोजनाको लागि लिन्जिखार्क कुम्ब्रुलुछ्ने र चिसेनी सिगाने खानेपानी मुहान गरि संचालनको लागि केन्द्रीय खानेपानी आयोजना बाट डिपिआर निर्माणको अध्यनको क्रममा रहेको र  बजेट व्यस्थापन गर्ने भनेतापनि बजेटको सुनिश्चितता नभएको कारण खानेपानी योजना संचालनको लागि यहि आ–व मा बजेटको व्यवस्था गरिदिन खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश, बिराटनगर नेपाल सँग  निवेदन पेश गरिएको छ  ।

स्वास्थ्य मन्त्रि प्रदिप सुनुवारसँग भेट गरि उनीसँग सोताङ गाउँपालिकाको अस्पतालमा आवश्यक मेसिन खरिदको लागि निबेदन पेश गरेका छन ।उनले भौतिक पूर्वाधार विकास मन्त्रालय सचिव अशोक कुमार साहसँग  भेट गरेका छन र नेपाल बिद्युत प्राधिकरण  क्षेत्रीय कार्यालय निर्देशकसँग भेट गरि तल्लो रोक खोला अन्तर्गत  करिव  ८०० घरधुरीमा मिटर तत्काल  जडान गर्न पहल गरेका  छन  ।

सम्बन्धित समाचार