16.7k
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताले अहिले सरकार पनि नबन्ने र देश पनि नचल्ने बताएका छन् ।
एमाले अध्यक्ष ओलीले भने, ‘आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’ वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो नहुने बताए । उनले अगाडि भने, ‘यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम राख्नु हुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’
यसको अर्थ एकता नै गर्दैन भन्ने नभएको बताए । ‘एकता परेका बखत गर्छौं, तर छानेर’ उनले भने, ‘पार्टी विगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौं ।’