17k
Shares
काठमाडौं, जेठ २८ । काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
खोप दिने कार्यक्रम भए पनि स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुटटाइएको खोप संख्या सकिएको भनि सूचना प्राप्त भएकोले खोप कार्यक्रम अर्को सूचना नआए सम्मको लागि स्थगित गरेको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
महानगरपालिकाले यही जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप दिने अभियान सञ्चालन गरेको थियो । महानगरको एक देखि ३२ वडा कार्यालयमा तय भएको कार्यक्रम स्थगित भएको हो ।