17.5k
Shares
काठमाडौं । डोल्पामा डढेलोमा परेर फेरि तीनजना बालक गम्भीर घाइते भएका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालक घाइते भएका हुन् ।
च्याउ टिप्न वनमा गएका १३ वर्ष मुनिका तीनजना डढेलोमा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।
'उनीहरू गम्भीर घाइते भएका छन् । हामीले जिल्ला अस्पालत दुनैमा उपचारका लागि राखेका छौँ । थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाएका छौँ ।' यसअघि सोमबार दुनैमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका तीनजना सैनिक जवानको उपचारका क्रममा निधन भएको थियो ।