दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासुस उपग्रह प्रक्षेपण

21.8k Shares

सियोल । दक्षिण कोरियाले दोस्रो सैन्य जासुस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ । 

स्वदेशी सैन्य जासुसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’ रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार बिहान ८ः१६ मा उडेको थियो । प्रक्षेपण भएको ४५ मिनेटपछि उपग्रहलाई कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा सैन्य जासूस उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको र दोस्रो ‘सिन्थेटिक एपर्चर रडार’ सेन्सरसहित हुने बताएको छ । 

सम्बन्धित समाचार