ललितपुर । आफ्ना स्वार्थ पूरा गर्नको लागि आफ्नो इमान, विचार, आदर्श धरातललाई तिलाञ्जली दिन पछि पर्दोरहेछन् भन्ने उक्तीलाई सार्थकदा दिएकी छिन् नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रमा लुइँटेलले ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन नेपाली कांग्रेसबाट विजयी भएका मेयर हुन् । मेयर महर्जनका प्रेस सल्लाहकारका रुपमा विगतको कार्यकालदेखि हालसम्म पनि सल्लाहकारको भूमिका निर्वाह गर्दै आइरहेकी लुइँटेल आफ्नो स्वार्थ पूरा गर्नका लागि जेजस्तो कार्य गर्न पनि पछि पर्दीरहेनछिन् भन्ने उदाहरण नेकपा एमाले ललितपुरको ९ औं जिल्ला अधिवेशनमा आफ्नो फेसबुक आईडीबाट जिल्ला सदस्यका उम्मेदवार क. दिनेश जंग पाण्डेलाई भोट माग्नुले त्यसको पुष्ट्याई भएको छ ।
विगतमा पनि एमालेसँग झुकाव भएको गाईगुँई चलिरहेको अवस्थामा रमा लुइँटेलले ललितपुरका कांग्रेस शिर्ष नेताहरु र चिरिबाबुलाई प्रभावमा पारी आफू नेपाली कांग्रेसको कट्टर भएको भन्दै विश्वास दिलाई प्रेस सल्लाहकार बन्न सफल बनेकी लुइँटेलले अहिले आफ्नो असली रुप देखाएकी छिन् ।
लुइँटेल र श्रीमान् विश्वराज खनालले आफ्नो फेसबुक आईडीबाट जिल्ला सदस्यको उम्मेदवार पाण्डेलाई विजयी गराउन पाण्डेको तस्बिरसहित पर्चा नै बनाएर प्रचारप्रसारमा जोडतोडले लागेका छन् । तर, गएको संविधान सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारको तस्बिरसहितको पर्चा र भोट माग्ने काम आफ्नो फेसबुक आइडीबाट किन गरेनन् ? कांग्रेसका नेता तथा कार्यकर्ताहरुले यिनीहरुको हात्तिले जस्तै देखाउने दाँत र खाने दाँतको पहिचान गर्नुपर्छ कि पर्दैन ?
नेपाली कांग्रेसको नुन खाने तर काम चाहिँ अन्य पार्टीको गर्न मिल्छ कि मिल्दैन ? यसबारेमा ललितपुर कांग्रेस र प्रेस युनियनले यसतर्फ ध्यान दिनुपर्छ कि पर्दैन ?