काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले सहकारी ठगीमा आफनो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन्।
बजारमा हल्ला फिजाईए जस्तो गरी सहकारी ठगीमा आफनो कुनै भूमिका नरहेको उनले स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ५ काठमाडौंले आउँदै गरेको नयाँ बर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले समस्याग्रस्त घोषणा गरेको हाम्रो नयाँ कृषि सहकारीमा अहिले आफनो कुनै संलग्नता नभएको दाबी गरेका छन्।
‘२०७८ सालमा म सो सहकारीको उपाध्यक्ष थिए। तर, मेरो कार्ययोजना र सहकारी सञ्चालकसँगका बिचार मेल खान नसके पछि मैले २०७८ साल पुस ११ गते नै राजीनामा दिएको हो,’ उनले भने।
श्रममन्त्री अर्यालले सहकारीमा आफ्नो २३ लाख रुपैयाँ डुबेको समेत जानकारी दिए। एक करोड लगानी गर्नका लागि पहिलो किस्ता स्वरुप २३ लाख रुपैयाँ गरेको उनले बताए।