14.1k
Shares
सर्लाही– सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका १ नवलपुरबाट नाइट्रोभेट १० एमजी लेखिएको तिन हजार ट्याब्लेट सहित हरिवन नगरपालिका ७ चिताइनका २८ बर्षिया पिन्टुकुमार गुप्ता र ३० बर्षिया राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध ब्युरो वीरगञ्जको सूचनाको आधारमा प्रहरीले ज ४ प ५१३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध नाइट्रोभेट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।
आरोपहरूले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्रोभेट ट्याब्लेट तीन हजार थान बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन्।