राहुल गान्धीको सम्पत्ति कति छ ?

15.5k Shares

काठमाडौँ - भारतीय नेशनल कांग्रेसका पूर्वअध्यक्ष र लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सीटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सीटबाट चुनाव लडेका थिए ।

अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार बेहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए । राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि न लड्ने भन्ने अझै स्पष्ट गरेका छैन । गत निर्वाचनमा उनले भाकपाका पीपी सुनीरलाई चार लाख मत अन्तरले पराजित गरेका थिए । यस सिटमा अप्रिल २६ मा मतदान हुँदैछ ।

राहुल गान्धीको चुनावी घाेषणापत्रमा धेरै जानकारी बाहिर आएको छ । उनले सम्पत्ति विवरण समेत सार्वजनिक भएको छ ।

राहुलले आफ्नो नाममा कुनै पनि सवारी साधन नभएको प्रतिज्ञापत्रमा बताएका छन् । राहुल गान्धीले आफ्नो शपथपत्रमा विगत ५ वर्षमा ६ करोड भारतीय रुपैयाँ आम्दानी गरेको उल्लेख गरेका छन् । राहुलले आफ्नो कुल सम्पत्ति २०.३९ करोड भारु रहेको बताए । यसअघि सन् २०१९ मा उनले १५.८८ करोड रुपैयाँ घोषणा गरेका थिए ।

प्रतिज्ञापत्रका अनुसार राहुल गान्धीसँग ५५ हजार रुपैयाँ नगद र २६.२५ लाख रुपैयाँ दुई बैंक खातामा जम्मा छ । त्यस्तै राहुल गान्धीले आफूसँग २५ कम्पनीको शेयर किनेको र त्यसमा ४.३३ करोड रुपैयाँ जम्मा गरेको बताएका छन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार