14k
Shares
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका विनोद आठ बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका हुन् । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले बोल्ड गरेका हुन् । ४.५ ओभरमा कप्तान विनोद आउट हुँदा नेपालले ३३ रन बनाएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।