एसियाडकी ऐतिहासिक पदक विजेता एरिका यूएसए ओपन कराँतेको फाइनलमा

16.6k Shares

काठमाडौँ । नेपाली खेलाडी एरिका गुरुङ अमेरिकाको टेक्सासमा जारी यूएसए ओपनर अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको फाइनलमा पुगेकी छन् । उनी महिला ६८ केजीभन्दा माथिको तौल समूहको फाइनलमा पुगेकी हुन् । एरिका चीनको हाङ्झावमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगिताकी ऐतिहासिक रजत पदक विजेता खेलाडी हुन् । एसियाली खेलकुदमा एरिकाले जितेको पदक कुनै पनि नेपाली कराँते खेलाडीले एसियाडमा जितेको पहिलो र एकमात्र रजत पदक हो ।

एरिकाले यूएसए ओपन कराँतेको फाइनलमा अमेरिकी खेलाडीको‌ सामना गर्नेछिन् । प्रतियोगितामा पुरुष तर्फ नेपालबाट विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । उनी सेमिफाइनलमा पराजित भए । उनले पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । नेपाली टोलीमा प्रशिक्षकका रूपमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् । एरिकाले इन्डोनेसियामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् । विप्लव भने १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् । 

 
सम्बन्धित समाचार