सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल

17.6k Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन् । संसद्को अवरोध, नयाँ कार्यतालिका, संसद्को प्रभावकारिता लगायतका विषयमा छलफल हुन लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

आज बिहान सवा ११ बजे हुने छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई आमन्त्रण गरिएको छ । संसद् बैठक भोलि बस्ने भएकोले त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले परामर्श गर्न लागेका हुन् । 

सम्बन्धित समाचार