राष्ट्रपति पौडेलको मोतिबिन्दुको सफल शल्यक्रिया

19.5k Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । त्रिवी शिक्षण अस्पतालअन्तर्गत वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रबाट बुधबार दिउँसो दायाँ आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो । 

यसअघि पनि पौडेलको बायाँ आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको र राष्ट्रपति पौडेल बुधबार नै डिस्चार्ज भइसकेको त्रिवी शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए ।  

सम्बन्धित समाचार