गैरहाजिर हुने २३ प्रहरीलाई सात दिनभित्र नक्सालमा हाजिर हुन निर्देशन

19k Shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ । 

आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । 

गैरहाजिर हुनेमा प्रहरी सहायक जिरीक्षकदेखि कार्यालयसहायसम्म छन् । तोकिएको समयसीमाभित्र हाजिर नभए सेवाबाट हाइने सूचनामा उल्लेख छ । 

9-1711415118.jpg

सम्बन्धित समाचार