गठबन्धनमा एमालेलाई माधव नेपाल भारी

15.5k Shares

काठमाडौं । वर्तमान पाँच दलीय सत्ता गठबन्धनको मुख्य साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई सोही पार्टीबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी भारी बनेको छ।

आगामी वैशाख १५ मा इलाम–२ र बझाङ १ (क) मा हुने प्रदेशसभा उपनिर्वाचनमा एकीकृत समाजवादीले दुईमध्ये एक ठाउँ आफ्नो दलले पाउनुपर्ने अडान राखेपछि एमालेलाई समस्या परेको हो।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच चुनावी तालमेल, गठबन्धन र प्रदेश सरकारका विषयमा छलफल भएको थियो।

छलफलमा नेपालले दुईमध्ये एक ठाउँमा आफूले सहयोग पाउनुपर्ने नत्र दुवै ठाउँमा आफ्नो पार्टीले उम्मेदवार उठाउने बताएपछि ओलीलाई असहज महसुस भएजस्तो देखिएको माओवादी केन्द्रका महासचिव देव गुरुङको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार