ठमेल र दरबारमार्ग अब चौबिसै घण्टा खुल्ला हुने

20.8k Shares

काठमाडौंं । काठमाडौंका प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले छलफल सुरु गरेका हुन् । ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार