होली पश्चात् पौडी खेल्न गएका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता

18.8k Shares

विराटनगर- उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका छन् ।

८ वर्षीय चोलकचन्द्र मगर,७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर कोसीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

होली पश्चात् साउनेको धाप्लाङघाटमा पौडी खेल्न गएका बेला कोसी नदीमा उनीहरू डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए ।

उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ जना बालबालिकालाई भने स्थानीयले कोसी नदीबाट उद्धार गरेको १४ नम्बरको वडाध्यक्ष हेमराज मगरले जनाकारी दिएका छन् ।

बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको छ। आइतबार अपराह्न ३ बजे बालबालिकाहरू धाप्लाङघाटको सुनकोशी नदीमा पौडिखेल्न गएका थिए ।

सम्बन्धित समाचार