सफल युवा व्यवसायी बिनोद बहादुर गुभाजु माहोल चुलियो

24.6k Shares

सिन्धुपाल्चोक । उद्योग बाणिज्य महासंघ सिन्धुपाल्चोकको अधिवेशन बाह्रविसे नगरपालिका वडा नं. ३ खोर्सानीबारीमा आजबाट सुरु भएको छ । 
सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरु आज र भोली हुने अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोकका सफल युवा व्यवसायी बिनोद बहादृुर गुभाजुले सदस्यमा उम्मेदवारीपछि उनको माहोल एकाएक राम्रो देखिएपछि क्रमसंख्यामा फेरबदल भएको सदस्यका उम्मेदवार गुभाजुले बताएका छन् । यस विषयमा निर्वाचन अधिकृतसँग कुरा राख्ने पनि गुभाजुले जानकारी गराएका छन् ।
गुभाजुमा लामो समय विभिन्न उद्योग व्यवसायमा लागि जिल्लाका उद्योग व्यवसायीहरुको समस्या र अप्ठ्यारा परिस्थितिहरुमा सधै अगाडि बढी साथ र सहयोग गर्दै सफल युवा तथा अनुभवी व्यवसायीको रुपमा आफूलाई परिचित गरिसकेका व्यक्ति हुन् । सिन्धुपाल्चोक जिल्लामा उद्योगी व्यवसायीहरु माझ गुभाजुलाई चिनाई रहनुपर्ने नाम नभएको व्यवसायीहरुले बताउने गरेका छन् । राम्रो मतका साथ विजयी हुने पक्कापक्की अवस्था देखेपछि अल्फाबेट अनुसार नाम राख्नुपर्नेमा गोलमटोल हिसावले क्रमसंख्या राखेको व्यवसायीहरुले खोजतलासँग गुनासो पोखेका छन् । 

सम्बन्धित समाचार