19.1k
Shares
काठमाडौँ । आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान–४ निवासी ४१ वर्षीय तिखे भन्ने तेजबहादुर राई रहेका छन् ।
राईले २०५९ साल असोज १४ गते काठमाडौँको मरुढोका इनाटोलस्थित विनोद शाहीको राँगा काट्ने वधशालाभित्र २६ वर्षीय सञ्जय शाहीको हत्या गरेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार राईले शाहीको टाउको र शरीरका विभिन्न भागमा फलामको रडले प्रहार गर्दा उनको मृत्यु भएको थियो ।