काठमाडौं । अवैध सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई भैरहवाबाट काठमाडौं ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो । उनलाई अवैध सुन तस्करी प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिस बमोजिम पक्राउ गरिएको हो ।
केहीबेरअघि काठमाडौं ल्याइएका महरालाई आजै जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरिरहेको छ । पूर्वसभामुख महरासँग आयोगले यसअघि बयानसमेत लिएको थियो। साथै, महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । यस प्रकरणबारे सिआइबीले गरेको अनुसन्धानमा त्रुटि रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो ।
समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए । छानविन आयोगले सुन काण्डको प्रतिवेदन बुझाएपछि उनी प्रहरी निगरानीमा थिए । उनलाई प्रहरीको निगरानीमा राखिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुवेर कडायतले बताएका छन् । उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।