थपिए ६६ सय ५३ संक्रमित, १०१ जनाको मृत्यु

16.5k Shares

काठमाडौं, २१ जेठ । आज नेपालमा कोरोना भाइरसका ६ हजार ६ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ७६ हजार १ सय ३० जना संक्रमणमुक्त भएका स्वास्थ्य छन् । कोरोना संक्रमणबाट आज थप १०१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७७ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार